Logo २७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026


प्रमाणित गरेर देखाउन प्रमुख निर्वाचन आयुक्तकाे चुनाैती


1.4k
Shares

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सम्पन्न गराउने महंगो भएको कसैले प्रमाणित गरेमा आफूले तत्काल पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले विगतका निर्वाचन भन्दा यसपटकको निर्वाचन सबै हिसाबमा सस्तो रहेको दाबी गर्नुभयो । पत्रकार भेटघाटमा प्रमुख आयुक्त थपलियाले ०६४, ०७०, ०७४ मा निर्वाचन सम्पन्न गराउने भएको खर्चको तुलनामा हालै सम्पन्न निर्वाचन खर्चको हिसाबमा महंगो भएको प्रमाणित गरेर देखाउन पनि चुनौती दिनुभयो ।

थपलियाले आगामी दिनमा निर्वाचन आयोगलाई अझ शसक्त बनाउनका लागि नयाँ कानुन तर्जुमा गरिने पनि बताउनुभयो । उहाँले निर्वाचनमा विदेशमा बस्ने नागरिक, रिकलको विषय आयोगलाई सशक्त बनाउन कानूनी रुपमा नै व्यवस्थित गरिने जानकारी दिनुभयो ।

समानुपाति तर्फको मत सोचे भन्दा यस पटक कम झरेको आयोगको निष्कर्ष निकालेको भन्दै प्रमुख आयु्क्त थपलियाले कम्तिमा नेपाली नागरिकले मतदाता नामावलीमा नाम भएको नागरिकले जुनसुकै स्थानबाट मत खसल्नो सुविधासहितको ब्यवस्था गर्नतर्फ आयोग लाग्नेपनि बताउनुभयो ।