३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


महेन्द्रनगरमा पाँच घन्टाको विश्रामपछि फेरि लगाइयो कर्फ्यु


0
Shares

कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्यापछि चर्किएको विरोध नियन्त्रण गर्न कञ्चनपुरको महेन्द्रनगरमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पाँच घन्टा हटाएर फेरी लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाएको कर्फ्यु जनै पूर्णिमालाई लक्षित गरी विहान ५ बजेदेखि १० बजेसम्म पाँच घण्टाका लागि हटाइएको थियो ।

भीमदत्त नगरपालिका ४, ६ र १८ नम्बरमा कर्फ्यु  आदेश जारी गरिएको हो । १० बजेपछि लगाइएको कफ्र्यू अर्को आदेश नभएसम्मका लागि जारी गरिएको छ ।

शनिबार भएको सर्वपक्षीय बैठकले जनैपूर्णिमाका लागि कर्फ्यु  हटाउन सुझाव दिएकाले सुरक्षा समितिको बैठकले पाँच घण्टाका लागि कफ्र्यू हटाएको थियो ।

प्रदर्शनका क्रममा हिंसा भड्किएपछि शान्ति सुरक्षा कायम गराउन स्थानीय प्रशासनले शुक्रबार बेलुका ८ बजेबाट अर्को आदेश नभएसम्मका लागि भन्दै कफ्र्यू आदेश जारी गरेको थियो ।