
बाजुरा । बाजुरा-बूढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा पनि सुरु भएको छ ।
कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुरु गरेको नगरप्रमुख जनककुमार बोहोराले जानकारी दिनुभयो ।
विशेषज्ञ चिकित्सकको व्यवस्थापन भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख बोहोराले जानकारी दिनुभयो ।
बिगतमा चिकित्सक नहुँदा बिरामीले सास्ती बेहेर्नु परेको थियो । सेवा सञ्चालमा आएपछि सामान्य उपचारका लागि सदरमुकाम मार्तडी तथा जहाज चढेर नेपालगञ्ज जानुपर्ने बाध्यता टरेको छ ।
प्रतिक्रिया दिनुहोस्