३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


रौतहट डुंगा दुर्घटनाः एक जनाको शव भेटियो, चार अझै वेपत्ता


0
Shares

रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा एक जनाको शव भेटिएको छ ।

भारतको बैरगनियास्थित बेल्वाघाट नदी किनारमा ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रुना देवीको शव भेटिएको जनाइएको छ ।

ईशनाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौरतर्फको टिकुलिया आउने क्रममा उक्त नदीको पानीको सतह बढन गई निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुङ्गा दुर्घटना भएको थियो ।

डुङ्गामा २५ जना चढेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले आईतबार बिहानैदेखि खोजी जारी राखेका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार अझै चार जना बेपता छन् ।

बेपता हुनेमा डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रवंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देवी, ५० वर्षीय शान्ति देवी र १० वर्षीया उषा कुमारी पटेल रहेको प्रहरीले जनाएको छ ।