Logo २६ पुस २०८२, शनिबार | Sat Jan 10 2026


काभ्रे बस दुर्घटना : मृतक सबैको पहिचान खुल्यो


1.8k
Shares

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १७ जनाकै पहिचान खुलेको छ ।

मंगलबार बेथानचोक गाउँपालिका–५ च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर बनेपा नगरपालिका वडा नम्बर ११ सल्ले फर्कदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस गणेशस्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा बनेपा नगरपालिका वडा नम्बर ११ का मात्रै ८ जनाले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेमा ललितपुर महांकाल बस्ने तेजप्रसाद तिमिल्स्निा, बनेपा नगरपालिका ११ का २७ वर्षिय कोपिला तामाङ, बनेपा ११ का ५५ वर्षीय कुमार तामाङ, बनेपा ११ का ११ बर्षीय पुष्कर तामाङ, बेथानचोक गाउँपालिका–४ का १९ वर्षीय रविन तामाङ, बनेपा–११ की ७९ वर्षीया निर्मला तामाङ, बनेपा–११ की २८ वर्षीया मञ्जु तामाङ, तेमाल–८ की २९ वर्षीया टिकालक्ष्मी तामाङ, तेमाल–८ का ९ वर्षीय गुरुलक्ष्मण दास घिसिङ,.मकवानपुर जिल्ला इन्द्रसरोवर गा.पा–१ की ६ वर्षीया समिक्षा थिङ,.बनेपा–की ४३ वर्षीया हेमा तामाङ, मण्डनदेउपुर नगरपालिका १ की ४१ वर्षीया चेलीमाया तामाङ, बनेपा –११ का ५० वर्षीय आकुर तामाङ, बनेपा–१४ का ४२ वर्षीय रामकुमार तामाङ, बनेपा–११ का ३० वर्षीय वुद्ध तामाङ, बनेपा– १४ की २८ वर्षीया गीता श्रेष्ठ, बेथानचोक –५ की २४ वर्षीया मञ्जु तामाङ रहेका छन् ।

शवको पहिचान भए लगत्तै धुलिखेल अस्पतालमा शवको पोस्टमार्टम सकिएको छ । आफन्तहरुलाई शव बुझाएर पठाउने गरी प्रशासनले तयारी गरेको छ । दुर्घटनामा परि घाइतेभएका मध्ये ५ जनालाई थप उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा रेफर गरिएको छ भने अन्यको धुलिखेल अस्पताल र बनेपामा रहेको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।