Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


लुम्बिनी प्रदेश : लैङ्गिक हिंसाका घटना बाँकेमा बढी


156
Shares

काठमाडौं । लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण गरिँदा पीडितहरु झन् समस्यामा बल्झिरहेको रुपन्देहीको भैरहवामा शनिबार आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् ।

लायन्स क्लब अफ भैरहवा ग्रिनसिटी र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको संयुक्त आयोजनामा भएको ‘लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले लैङ्गिक हिंसाका मुद्दामा राजनीतिकरण भन्दा पनि पिडीतलाई न्याय नै महत्वपूर्ण हुनेमा जोड दिनुभएको छ ।

लुम्बिनी प्रदेशमा लैङ्गिक हिंसाका मुद्दाको तथ्याङ्क हेर्दा बाँके जिल्लामा सबैभन्दा बढी हिंसाका घटना रहेको तथ्याङ्कले देखाएको छ ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा २०७९ साल साउनदेखि कात्तिक मसान्तसम्मको नेपाल प्रहरी लुम्बिनी प्रदेश कार्यालयको तथ्याङ्कअनुसार बाँके जिल्लामा दुई सय ८३ जना विभिन्न खाले लैङ्गिक हिंसामा परेको देखिएको छ ।