
नेपालगञ्ज । आठौं नेपालगञ्ज म्याराथनको उपाधि सेनाका खडकबहादुर खड्काले जितेका छन् ।
खड्काले २ घण्टा २० मिनेट २८ सेकेण्डमा दूरी पार गर्दै उपाधि जितेका हुन् । सेनाकै नरेन्द्रसिंह रावत र मोहनदेव जोशी क्रमशः दोस्रो र तेस्रो भएका हुन् । रावतले २ घण्टा २२ मिनेट २९ सेकेण्ड र जोशीले २ घण्टा २४ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेका छन् ।
त्यस्तै, हाफ म्याराथनतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ प्रथम भएकी छन् । उनले एक घण्टा १६ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेकी हुन् । भारतको देहरादुनकी अन्जली चौहान दोस्रो भइन् भने बागमतीकै अन्जु खड्का तेस्रो भएकी हुन् ।
चौहानले एक घण्टा २५ मिनेट १५ सेकेण्डमा दूरी पार गर्दा खड्काले १ घण्टा ३६ मिनेट ४५ सेकेण्डमा दूरी पार गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्