१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


डाक्टरको लापरवाहीले शिशुको मृत्यु भएको भन्दै कारवाहीको माग


0
Shares

बासुदेव बर्मा/ईमेज:

कपिलबस्तु । तौलिहवा जिल्ला अस्पतालमा डाक्टरको चरम लापरवाहीका कारण यशोधरा गाउपालिका ७ सुलतनवापुरका बल बहादुर तेलीका तीन महिने छोरा सुभमको मृत्यु भएको छ ।

चिकित्सकहरुको लापरवाहीका कारण छोराको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले शनिबार विहान अस्पताल घेराउ गरेका छन् ।

पखाला लागेको बच्चालाई उपचारका लागि इमेरजेन्सी सेवामा विरामीलाई ल्याएका बुवा बलबहादुरले एक घण्टासम्म डाक्टरलाई कुर्दापनि नआएपछि ती शिशुको मृत्यु भएको आरोप उनीहरुको छ ।

अस्पतालमा एक–दुई जना स्वास्थ्यकर्मी  र कर्मचारी बाहेक कोही नभेटिएको, बिरामीहरुलाई बस्ने समेत व्यवस्था नभएकोले भुइमा सुत्नुपर्ने दयनीय अवस्था रहेको विरामीहरुको गुनासो छ ।

साथै अस्पतालमा फोहर र दुर्गन्धले गर्दा अस्पतालमा आउने बिरामीले सास्ती ब्यहोर्नु परेको र बर्षौ देखि शौचालय, अस्पताल परिसर, कोठाहरुको सरसफाई नभएकोले जनताको जीवन सँगै खेलवाड भइरहेको बिरामीहरु गुनासो छ ।

यता छोराको मृत्यु भएपछि उनका बुवाले डाक्टर माथि कारवाहीको माग गरेका छन् ।