
बझाङ । बझाङका दुर्गम गाउँमा मिल संचालनमा आउन थालेका छन् ।
परम्परागत शैलिमा निर्माण गरिएका पानी घट्टबाट पिठो पिस्ने गरिएकोमा मिल आएपछि सजिलो भएको हाे । विद्युत नपुगेका गाउँहरूमा पनि मिल संचालन हुन थालेका छन् । मष्टा गाउँपालिकाको सबै भन्दा विकट गाउँ दय र लटौनमा समेत मिल संचालनमा आएका छन् ।
मिल संचालनमा आएपछि निर्माण भएका पानी घट्टहरू विस्थापित हुन थालेका छन् । मिल संचालनमा आएपछि सुविधा भएको स्थानीयको भनाइ छ । गाउँमा मिल संचालनमा आएपछि पिठो पिस्न र अन्य कुटानी पिसानीको काम गर्न सहज भएको स्थानीय भरनादेवी जेठाराले बताउनुभयाे ।
मिल सञ्चालनमा आएपछि समयको बचत र गृहिणी महिलाहरूको घरासयसी काममा समेत सजिलो भएको छ ।
प्रतिक्रिया दिनुहोस्