
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै नेकपा एमालेसँगको सहकार्य सकिएको बताउनुभएको छ ।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकमीसँग कुरा गर्दै यादवले अब बन्ने सरकारको नीति हेरेर आफ्नो पार्टीले समर्थन वा विपक्षमा बस्ने निर्णय गर्ने बताउनुभयो ।
महत्वपूर्ण राष्ट्रिय मुद्दामा अब सरकार बनाउने शक्तिको दृष्टिकोण र प्रतिबद्धताका आधारमा समर्थन वा विरोध हुने यादवले बताउनुभयो । सरकारमा सहभागिताका सन्दर्भमा देशैभरि एउटै नीति लिने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित हुनुभएको थियो । अहिलेको चुनावी परिणामबाट लोकतान्त्रिक क्रान्तिकारीबीच सहकार्य र एकता जरूरी रहेको आवश्यकता देखिएको यादवले तर्क छ ।
प्रतिक्रिया दिनुहोस्