Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


गाउँमै पुगेर भत्ता वितरण


195
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा राष्ट्रिय बाणिज्य बैङ्कले गाउँमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१ का सय जना बृद्ध बृद्धालाई बैंकले गाउँमै गएर सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो ।

बैङ्कले वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण तथा बित्तिय साक्षरता कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण तथा ग्राहक पहिचान फारम भर्ने, नयाँ खाता खोल्ने तथा रकम बचत गर्ने काम गरेको बैङ्कका शाखा प्रबन्धक चित्रबहादुर खड्काले जानकारी दिनुभयो ।

खड्काले भौगोलिक रुपमा सदरमुकाम आउन टाढा रहेकाले बृद्धहरुलाई सहज सेवा प्रदान गर्नका लागि गाउँमै सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो ।