३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


महेन्द्रनगरमा कर्फ्यु जारी


0
Shares

कञ्चनपुर, भदौ ९ । कञ्चनपुरको महेन्द्रनगरमा आज पनि कर्फ्यु जारी छ ।

किशोरी निर्मला पन्तको हत्याको विरोधमा स्थानीयले आन्दोलन चर्काएपछि स्थानीय प्रशासनले हिजो राति ८ बजेदेखि लगाएको अनिश्चितकालीन कर्फ्यु आज पनि जारी राखेको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बिहान बसेको सुरक्षा समितिको बैठकले कर्फ्यु आदेशलाई यथावत् राख्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गर्दैछ । सर्वदलीय बैठकमा हिंसा भड्किन नदिन र काम गर्र्ने वातावरण तयार गर्न छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि हिजो भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ निम्बुखेडाका १४ वर्षीय बालक सन्नी खुनाको मृत्यु भएको थियो ।