Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


महामञ्जुश्रीको प्रतिमा अनावरण


429
Shares

काठमाडौं । भक्तपुरको सुडाल ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ ।

करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमकाबीच बागमती साेमबार प्रदेशका वाणिज्य तथा आपूर्ति राज्यमन्त्री माननीय रजनी जोन्छेले अनावरण गर्नुभएको हो । महामञ्जुश्री गुरताफु गुम्बामा फुल्चो ल्हामो आनी तथा गुठी संस्थान भक्तपुरको आयोजनामा कार्यक्रम गरिएको हो । ऐतिहासिक र धार्मिक महत्त्व बोकेको सो क्षेत्रको बगैंचामा प्रतिमासँगै पोखरी पनि अनावरण गरिएको छ ।

महामञ्जुश्रीको प्रतिमालाई ललितपुर ओकुबहाल निवासी राजेश शाक्यले दान गर्नुभएकाे हाे। कार्यक्रममा गुठी संस्थानका प्रमुख किरण शाक्य, चीनका लागि नेपाली पूर्वराजदूत टंक कार्की, बागमती प्रदेशका लागि नवनिर्वाचित सांसद, भक्तपुर बौद्ध संघका अध्यक्ष त्रिरत्न शाक्य, चांगुनारायण नगरपालिकाका वडाध्यक्ष, बौद्ध भिक्षु, उपासक, उपासिकाहरूको समेत सहभागिता थियो ।

साेही कार्यक्रम अघि शान्तिका लागि एशियाली बौद्ध संस्थाको अगुवाईमा कमलविनायक चोकदेखि दीप प्रज्वलन गरी पदयात्रा समेत गरिएको थियो ।

Skip This