२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सनसिल्क दसैँ भाइब्स–२ का विजेताहरूको घोषणा


182
Shares

काठमाण्डौं । सनसिल्क नेपालले दसैँ भाइब्स–२ प्रतियोगीताको विजेताहरूको घोषणा गरेको छ ।

प्रतियोगितामा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ र सनिषा भट्टराई विजेता घोषित भएका हुन् । प्रत्येक विजेताले १ लाख रूपैयाँको दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरूले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि सनसिल्क ग्याङ्ग अफ गल्र्स बनेर अर्को वर्ष सनसिल्कको प्याकहरूमा प्रदर्शित हुने अवसर पनि प्राप्त गरेका छन् ।

यो प्रतियोगिताहरूमा आफ्नो राम्रो हेयरस्टाइल र दसैँ भाइब्स प्रदर्शन गरि सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो । विजेताहरूको चयनको लागि नायिका वर्षा राउत, गायिका मेलिना राई र केश विज्ञ स्वस्तिका राजभण्डारी रहेको एक निर्णायक मण्डली बनाइएको थियो ।

युनिलिभर.नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीका अनुसार नेपालमा देशभर बिक्री हुने एवं लाखौं ग्राहकहरुको रोजाइ बनेको सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड हो ।