
डीबी विष्ट (इमेज)
बझाङ, भदौ ८ । बझाङ जिल्लाको प्रसिद्ध विरिजात मेलाको चहलपहल सुरु भएको छ ।
सुर्मा गाउँपालिकामा यो मेला पाँच दिनसम्म चल्ने गर्छ ।
श्रावण शुक्ल पक्षको एकादशीबाट सुरु भएर जनैपूर्णिमाका दिन समापन हुने मेला भर्न तीर्थयात्रीहरू बिहीबारदेखि सुर्मासरोवरतिर प्रस्थान गरेका छन् ।
समुद्र सतहबाट करिब ४ हजार ९०० मिटरको उचाइमा रहेको सुर्मासरोवर ताल पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण मानिन्छ ।
शुद्ध मनले सुर्मासरोवरमा स्नान गर्नाले मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।
मेलाका अवसरमा एक लाख एक हजार एक सय ११ रुपैयाँ धनराशिको ट्वेन्टी–२० क्रिकेट प्रतियोगिता पनि आयोजना गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्