२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी


663
Shares

म्याग्दी । म्याग्दीमा लोकतान्त्रिक–वाम गठवन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्वीर) विजयी हुनु भएकाे छ। गर्बुजा आफ्ना प्रतिद्धन्द्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले भन्दा ३ हजार ८ सय ३२ मत बढी ल्याएर निर्वाचित हुनु भएकाे हाे।

प्रतिनिधि सभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा गर्बुजाले २४ हजार ०२१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।

म्याग्दीमा कुल ५० हजार ६ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गरे। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गरे ।

आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको म्याग्दीमा रोमबार राती ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका १ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुवाती चरणदेखि नै अग्रता लिदै आएका थिए । जिल्लाभरी ८६ हजार १२० मतदाता रहेकोमा ५० हजार ६२५ मत खसेको थियो ।