
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १ हजार २ सय ८६ जनाको नमूना परीक्षण गर्दा ५जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मंगलबार २० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने देशभर ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्