२७ जेष्ठ २०८२, मंगलबार | Tue Jun 10 2025


आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना


1.573k
Shares

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेकाे भन्दै दुई मन्त्रीलाई जरिवाना गरेकाे छ ।

आयोगले शहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई जरिवाना गरेकाे हाे । आयोगले शहरी विकास मन्त्री चौधरीलाई २५ हजार रुपैयाँ जरिवाना गरेको हाे ।

मन्त्री चाैधरीमाथि बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढीपीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले पाँच हजार हजार जरिवाना र विभागीय कारवाहीकाे सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागु भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।

उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको बताइएकाे छ ।