Logo २६ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025


नागरिकता विधेयक प्रमाणीकरण नगरेकाेमा ओलीले दिए राष्ट्रपतिलाई धन्यवाद


455
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक प्रमाणीकरण नगरेकाेमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिनुभएकाे छ ।

बिहीबार झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले राष्ट्रपतिको नागरिकता विधेयक रोक्ने कदमको प्रशंसा गर्दै धन्यवाद दिनुभएकाे हाे ।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘विदेशीलाई तुरुन्ता-तुरुन्तै दिनको लागि हतारमा पेलपाल गर्न खोजे । धन्यवाद राष्ट्रपति ज्यु, उहाँले रोक्नुभयो । राष्ट्रपतिको काम यस्तै बेलामा आउँछ ।’

संघीय संसदले पारित गरी पहिलो पटक पेश गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयले १५ बुँदे सन्देशसहित फिर्ता पठाएको थियो ।

संसदको दुवै सदनमा राष्ट्रपतिले १५ बुँदे सन्देशमा उठाएका विषयमाथि गम्भीर छलफल नगरी पुनः पारित गरेर पठाएको भन्दै राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरिनन् । यस विषयमा सर्वोच्च अदालतमा पनि रिट परेको छ ।

उहाँले आफू प्रधानमन्त्री हुँदा अध्यादेशबाट कानुन ल्याएर नागरिकता दिन लाग्दा अदालत गएर प्रचण्ड, देउवा र माधव नेपालले नै रोकाएको आरोप लगाए ।