Logo ९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026


कांग्रेसले गर्‍याे थप पाँच जनालाई कारवाही


715
Shares

काठमाडाैं । नेपाली कांग्रेसले थप पाँच बागी उम्मेदवार, प्रस्तावक र समर्थकमाथि कारवाही गरेको छ ।

कांग्रेस केन्द्रीय अनुसासन समितिले आज एक विज्ञप्ति जारी गर्दै मंगलबहादुर शाही (हुम्ला), धर्मेन्द्रप्रसाद यादव (बारा), रविन्द्रप्रसाद यादव (बारा), विरेन्द्रप्रसाद यादव (बारा), रामएकवालप्रसाद यादव (बारा)लाई पाँच वर्षका लागि सदस्य समेत नरहने गरि कारबाही गरेको हो ।

उनीहरूले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आधिकारीक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको वा प्रस्तावक समर्थक बनेका थिए । यसअघि पनि कांग्रेस ७७ जनामाथि कारबाही गरेको थियो ।