१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


के क्रिकेटर शोएब र टेनिस स्टार सानिया गर्दैछन् सम्बन्धविच्छेद ?


12.311k
Shares

एजेन्सी । पाकिस्तानी क्रिकेटर शोएब मलिक र भारतीय टेनिस स्टार सानिया मिर्जाकाे सम्बन्ध विच्छेदको खबर बाहिरिएको छ ।

दुवै चाँडै पाकिस्तानी च्यानलको एक टक शोमा देखिनेछन् । जसमा उनीहरुले यसको खुलासा गर्नेछन् । सो टक शोको नाम ‘द मिर्जा मलिक शो’ हो । यसको सानो झलक आइतबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

पाकिस्तानी सञ्चार माध्यामले दुवैले सम्बन्धविच्छेद गर्न लागेको र हाल उनीहरु छुट्टाछुट्टै बस्दै आएको दावी गरेका छन् । सम्बन्धविच्छेदको कारण शोएब मोडल आयशा कमरसँग प्रेम सम्बन्धमा रहेको बताइएको छ । सन् २०२१ मा शोएबले आयशासँग बोल्ड फोटोशूट गराएका थिए, अहिले यी तस्विरहरु सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

सानिया र शोएबको विवाह १२ अप्रिल २०१० मा हैदराबादमा भएको थियो । १५ अप्रिलमा लाहोरमा रिसेप्शन दिएका थिए । उनहरुकाे एक छोरा इझान छन् । उनको जन्म सन् २०१८ मा भएको थियो ।

शोएब र सानियाको टक शोको सानो झलक पछि सोशल मिडियामा धेरै प्रयोगकर्ताहरूले उनीहरूको सम्बन्धविच्छेदको समाचारलाई पब्लिसिटी स्टन्ट भनेका छन्। नयाँ टक शोको प्रचारका लागि उनीहरुले सम्बन्धविच्छेदको अफवाह फैलाएको कतिपयको भनाई छ ।

तर, हालै शोएबका एक नजिकका साथीले उनीहरुकाे सम्बन्ध विच्छेदको खबरलाइ पुष्टि गर्न सक्ने दावी गरेका छन् । शोएबको व्यवस्थापन टोलीका सदस्यले भनेका छन्, ‘आधिकारिक रूपमा सम्बन्धविच्छेद भएको छ । केही औपचारिकताहरू छन्, जुन अझै बाँकी छन्। दुवै अहिले अलग्गै बस्दै आएका छन् । सानिया हाल दुबईमा छिन् भने शोएब पाकिस्तानमा छन् ।’

सानिया आफैले पनि आफ्नो वैवाहिक जीवनमा सबै ठीक नभएको संकेत गर्दै क्याप्सन लेखिरहेकी छन्। केही दिन अगाडि सानियाले छोरा इजहानसँग एक तस्वीर शेयर गर्दै लेखेकी छन्, ‘टुटेको मन कहाँ जान्छ र । ’