Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण


572
Shares

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले करिब डेढ वर्षमा ५१ जनाको मृगौला प्रत्यारोपण गरेको छ।

अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो।

अस्पतालका प्रत्यारोपण टोलीका सर्जन डा. नारायणप्रसाद भुसालले मृगौला प्रत्यारोपणको विभिन्न अनुभवहरु सुनाउँदै सरकारले सहयोग गरेमा अस्पतालले १५ दिनभित्र मृगौला प्रत्यारोपण गर्न सकिने बताउनुभयाे । उहाँले मृगौला प्रत्यारोपण गर्दा कुनै पनि समस्या नआउने हुँदा कुनै डरबिना मृगौला प्रत्यारोपण गर्नका लागि आग्रह गर्नुभयाे ।

त्यस्तै अस्पतालका निर्देशक प्रो.डा.सुरज बज्राचायले मृगौला प्रत्यारोपणको कुरा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमानै फैलाउन आवश्यक रहेको बताउनुभयाे। मृगौला प्रत्यारोपण जस्तो मानवीय कार्यमा अस्पताल सधैं अगाडि बढने उहाँको भनाइ थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतको अङ्ग प्रत्यारोपण समन्वय समितिको सचिवालयले २०७७ फागुन १८ गते मृगौला प्रत्यारोपणको स्वीकृति दिएसँगै अस्पतालले २०७८ बैशाख ८ गते पहिलो मृगौला प्रत्यारोपण गरेको थियो।