Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


मध्यराति डोटीमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले घर भत्किउँदा तीन जनाको मृत्यु


11.5k
Shares

धनगढी । डाेटीमा मंगलबार मध्यराति भूकम्पले घर भत्काउँदा तीन जनाको मृत्यु भएको छ ।

मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडकाे भूकम्पले ठक्कर बोहराको घर भत्काउँदा तीन जनाको मृत्यु भएको हाे ।

गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पूर्वीचौकी गाउँपालिका–३ गैरा गाउँ घर भत्काकिँदा तीन जनाको मृत्यु भएको पुष्टि गर्नुभयाे ।

उहाँले भन्नुभयाे, भूकम्पले एक महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको हाे।’

उद्दारमा नेपाली सेनाकाे टाेली खटिएकाे छ ।