
कञ्चनपुर । निर्मला पन्त हत्याको विरोधमा कञ्चनपुरका स्थानीयले आज पनि प्रदर्शनलाई जारी राखेका छन् ।
विहानैदेखि सदरमुकाम महेन्द्रनगर तनावग्रस्त बनेको छ । स्थानीयले टायर बालेर ठाउँ ठाउँमा सडक अबरुद्व पारेका छन् ।
पन्तको बलात्कारपछि हत्या भएको र प्रशासनले वास्तविक हत्यारालाई उम्काउन खोजेको दाबीसहित स्थानीयबासीले आन्दोलन गर्दै आएका छन् ।
प्रदर्शन उग्र बनेपछि मंगलबार र बुधबार प्रहरीले बल प्रयोग गरेको थियो ।
प्रदर्शनकारीले बल प्रयोगको आदेश दिने प्रमुख जिल्ला अधिकारी(सिडिओ) र जिल्ला प्रहरी प्रमुख(एसपी)को सरुवाको माग गरेका छन् ।
उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि, ट्राफिक चोक लगायतका स्थानमा विरोध प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शन चर्कदैं गएपछि कैलालीबाट थप प्रहरी झिकाइएको छ ।
प्रतिक्रिया दिनुहोस्