२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन निर्वाचन आयोगको निर्देशन


6.331k
Shares

काठमाडौं । निर्वाचन आयोगले झापा क्षेत्र नम्बर १ का उम्मेदवार अग्नि खरेलकाे छाेराकाे विषयमा लेखेकाे समाचार हटाउन सञ्चार माध्यमलाई निर्देशन दिएकाे छ ।

अग्नि खरेलकाे परिवारको सदस्य(छाेरा) काे बारेमा प्रकाशित समाचार २४ घण्टाभित्र हटाउन सेतोपाटी डटकमलाई निर्देशन दिएको छ ।

योसँगै आयोगले समाचारका विषयमा किन कारवाही नगर्ने भन्दै स्पष्टीकरण पनि सोधेको छ ।

सेतोपाटी डटकमले शुक्रबार खरेलका छोरा अमेरिकी सेनामा भर्ती भएको र उनको नेपाली नागरिकता र मतदाता नामावलीमा नाम कायमै रहेकोसम्बन्धी समाचार प्रकाशित गरेको थियो ।

आयोगले त्यो समाचार २४ घण्टाभित्र हटाएर तीनवटा प्रश्नको जवाफ दिन भनेको छ ।