Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व ओलीले गरे महादेव मन्दिरकाे दर्शन


442
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडाैंकाे त्रिपुरेश्वस्थित महादेव मन्दिरको दर्शन गर्नुभएको छ ।

आज बुधबार अध्यक्ष ओलीले त्रिपुरेश्वरस्थित महादेव मन्दिरको दर्शन गर्नुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी हुनुपूर्व अध्यक्ष ओलीले महादेव मन्दिरको दर्शन गर्नुभएको हो ।

नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिँदै काठमाडौंका धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणलाई चुनावी एजेण्डा बनाएसँगै उहाँले संस्कृति सम्पदाको अवलोकन एवं दर्शनका लागि त्रिपुरेश्वरकाे महादेव मन्दिर पुग्नुभएको हाे।

यसअघि गत साउन १६ गते अध्यक्ष ओलीले पशुपतिको गंगा आरतीमा सहभागिता जनाउनु भएको थियो ।