२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


राजमार्ग अबरुद्ध भएपछि कैलास मानसरोवर जान हेलिकोप्टर(भिडियो)


0
Shares

रसुवा । बाढीका कारण नुवाकोटको गेर्खु खोलाको पुल भत्किएर पासाङ ल्हामु राजमार्ग अबरुद्ध भएपछि चीनको कैलास मानसरोवर जाने तीर्थयात्री महंगो शुल्कमा हेलिकोप्टरबाट यात्रा गर्न बाध्य भएका छन् ।

वर्षाका कारण पासाङल्हामु राजमार्ग धुन्चे-स्याफ्रु खण्डमा सडक भासिन गएको र त्रिशुली बेत्रावती खण्डको गेर्खुटारमा बाढीले पुल कटान गरी बिग्रिएपछि कैलाश मानसरोवर जाने/आउने भारतीय तीर्थयात्री हेलिकेप्टर प्रयोग गर्न बाध्य भएका हुन् ।

जताततै सडकमा पहिरो जाने र खाल्टाखुल्टी बढी भएकाले यात्रा जोखिमपूर्ण भएको भन्दै केही दिन यता भारतीय तीर्थयात्रीले हेलिकोप्टर प्रयोग गरी यात्रा गर्ने गरेका हुन् ।

काठमाडौंबाट स्याफ्रुबेसिसम्म हवाईमार्ग प्रयोग गरे पनि उनीहरुले रसुवागढीसम्म भने बसबाट आवतजावत गरिरहेका छन् ।

सिजन सुरु भएपछि अहिलेसम्म छ हजार भारतीय तिर्थयात्रीहरु यो नाका हुँदै मानसरोबर गईसकेका छन् ।

सुरक्षाका कारण रसुवागढी नाकासम्म हेलिकोप्टर प्रयोग गर्न नपाएकाले स्याफ्रुबेसिबाट उनीहरुले हेलिकोप्टर प्रयोग गर्दै आएका हुन् ।

तीर्थयात्रीहरुले रसुवागढी नाकासम्मै हेलिकोप्टर प्रयोग गर्न दिन सरकारसँग अनुरोध गरेका छन् ।