Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


आजबाट महजोडीको ‘महापुरुष’ देशभर प्रर्दशनमा


429
Shares

काठमाडौं । महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरुष’आजबाट प्रर्दशनमा आएको छ ।

बलियो स्टारकास्ट, ट्रेलरले दिलाएको हाइप, गतिलो प्रचार, प्रिमियरको प्रतिक्रियाका कारण फिल्मले देशभरका मल्टीप्लेक्सहररूमा उच्च शो र सिंगल स्क्रिन पर्याप्त पाएको छ ।

शुक्रबारदेखि आइतवारसम्म तीन दिन सार्वजनिक विदा भएकाले यसको फाइदा पनि फिल्मले राम्रै उठाउन सक्ने निर्माण पक्षको दाबी छ ।

प्रदीप भट्टराईको निर्देशन रहेको फिल्ममा एकल पिताको कथामाथि निर्माण भएको फिल्ममा रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायतको पनि अभिनय रहेको छ । फिल्मको कथा प्रदीप आफैंले लेखेका हुन् ।

षट्कोण आर्ट्सको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता म्याक्स दिपेश खत्री हुन् । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

यही फिल्मबाट कवि नवराज पराजुलीले गीतकारको रुपमा फिल्ममा डेब्यू गरेका छन् । यस फिल्मले समाजले कसरी मान्छेलाई महापुरूष बनाउँछ भन्ने स्थितिलाई ‘महापुरूष’ले व्यंग्य गरेको छ ।