Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


रुसद्वारा आणविक क्षेप्यास्त्र परीक्षण


1.1k
Shares

एजेन्सी । युक्रेनसंगको युद्धले पश्चिमा देशहरुसंगको सम्बन्ध संकटमा परेको बेला रुसले आणविक हतियार परीक्षण गरेको छ ।

ब्यारेन्ट्स सीबाट गरिएको आणविक क्षेत्रप्यास्त्र परीक्षणको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अवलोकन गर्नुभएको क्रेमलिनले जनाएको छ ।

दुई वटा आणविक क्षेप्यास्त्र परीक्षण गरिएको र ती आफ्नो लक्ष्यमा सफलतापूर्वक पुगेको पनि क्रेमलिनले जनाएको छ । रुसले अमेरिकालाई जानकारी दिएरै आणविक क्षेत्रप्यासत्र परीक्षण गरे पनि पश्चिमा देशहरुमा भने रुसी कदमले तरङ्ग ल्याएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आणविक हतियार परीक्षण गरेर रुसले युद्धलाई प्रोत्साहन गरेको प्रतिक्रिया दिनुभएको छ ।

रुसले पछिल्ला दिनहरुमा युक्रेनले डर्टी बम अर्थात रेडियोएक्टिभ विविकरणयुक्त बम प्रयोग गरेको आरोप लगाएको छ भने युक्रेनले रुसमाथि आणविक हमलाका लागि बहाना खोजिरहेको आरोप लगाउँदै आएको छ ।