
काठमाडौं, भदौ ६ । इन्हुरेड इन्टरनेसनलले ‘प्रकोप सिर्जित विस्थापन हटलाइन’ सन्चालनमा ल्याएको छ ।
गत साउन १५ गतेदेखि २४ सै घन्टा सन्चालनमा ल्याइएको यो सेवाअन्तर्गत् जुनसुकै खालका प्रकोपबाट उत्पन्न हुने विस्थापनका घटनालाई अनुगमन गर्ने गरिएको बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
यसले प्रकोप सिर्जित विस्थापनका घटनालाईमात्रै सम्बोधन गर्ने भएकाले यस्ता खालका पीडित र सरोकारवालाहरुबीच समन्वय गराउन सहयोग पुग्ने दाबी गरिएको छ ।
हटलाइन फोन, इमेल वा सन्देश पठाइ सूचना दिन सकिनेछ ।
प्राप्त सूचनाको रुजु गरी आवश्यकताअनुसार विशेष अनुगमन तथा स्थलगत ‘द्रुत दौडाहा’ टोली परिचालन गरी घटनाको सत्यतथ्य संकलन गर्ने पनि इन्हुरेड इन्टरनेसनलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्