Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


ओलीले प्रतिगामी शक्तिसँग साँठगाँठ गरे : अध्यक्ष नेपाल


182
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेको आरोप लगाउनु भएको छ ।

अध्यक्ष नेपालले ओलीले राप्रपाजस्ता प्रतिगामी शक्तिहरुसँग साँठगाँठ गरेकाले गणतन्त्र खतरामा पार्ने भन्दै होशियार रहन पनि आम मतदातालाई आग्रह गर्नुभयो ।

चुनावको सम्मुखमा पारेर सत्तारुढ गठबन्धनले शुक्रबार बुटवलमा आयोजना गरेको संयुक्त कार्यकर्ता प्रशिक्षण भेलामा बोल्दै उहाँले ओलीले थोरै मात्रै शक्ति आर्जन गरे भने आफूहरु देश छोडेर भाग्नुपर्ने अवस्था आउने जिकीर समेत गर्नुभयो ।

ओली राजसंस्थालाई पुनस्र्थापित गर्ने, देशमा घात गर्ने शक्तिहरुसँग मिलेकाले उनीबाट गणतन्त्र खतरामा पर्ने देखिएको अध्यक्ष नेपालको तर्क थियो । उहाँले केपी ओली सरकारमा रहँदा नै मुलुकमा अनुचित कार्यहरु भएको दोहोर्‍याउँदै अझै पनि उनका सुधारको सम्भावना नदेखिएको बताउनुभयो ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन भने देशको आवश्यक्ता भएको पटकपटक उल्लेख गर्नुभयो । उहाँले देशमा संविधान रक्षा गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन आफूहरुले गठबन्धन गर्नु परेको समेत बताउनुभयो ।