२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


दक्षिण एशियाली गृह श्रमिकको सम्मेलन काठमाडौंमा


91
Shares

काठमाडौं । दक्षिण एशियालि गृह श्रमिकहरूको सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

होमनेट दक्षिण एशिया (एचएनएसए)ले काठमाडौंमा दक्षिण एशियाली गृह श्रमिकहरूको तीन दिने सम्मेलन गरेको छ ।

होमनेटले शिखर सम्मेलनले दक्षिण एशियाभरका गृह श्रमिकहरूको आन्दोलनलाई समर्थन जनाउन उक्त सम्मेलन आयोजना गरिएको हो ।

मंगलबारबाट तीन दिने सम्मेलन (कात्तिक १ देखि ३ गतेसम्म)सुरु भएता पनि औपचारिक कार्यक्रम भने बुधबारबाट भएको हो ।

२२ वर्षमा दक्षिण एशियालि गृह श्रमिकहरुको सम्मेलन पहिलो पटक काठमाडौंमा भएको हो ।

‘हामी एक आन्दोलन हौं, हामी एक भगिनी हौं, हामी भविष्य हौं’ भन्ने नारा रहेको छ ।

कार्यक्रममा गृह श्रमिकहरूको अनुभव र कथाहरू आदानप्रदान हुने छ ।

कार्यक्रममा फोटो प्रदर्शनी, जसमार्फत गृह श्रमिक महिला कामदारहरूले निर्माण गरेका सामाग्रीहरु प्रदर्शनमा राखिएको छ । कार्यक्रममा गृह श्रमिकबाट उत्पादन भएका सामानहरूको २५ वटा स्टल राखी प्रदर्शनी गरिएको छ ।

कार्यक्रममा नेपालसहित दक्षिण एशियाली मुलुक अफगानिस्तान, भुटान, बंगलादेश, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका १५० गृह श्रमिकहरू उपस्थित रहेको छ ।

होमनेटले एशियाभरीका गृह श्रमिक महिला संगठनहरूको संगठन हो । होमनेटमा १२ लाखभन्दा बढी कामदारहरू रहेका छन् ।

बिहीबार शान्तिपूर्ण र्‍याली गर्दै कार्यक्रम सम्पन्न गर्ने आयोजक संस्थाकी नेपाल अध्यक्ष सृष्टि जोशी मल्लले जानकारी दिनुभयो ।