
बासुदेव वर्मा (इमेज)
कपिलवस्तु, भदौ ६ । कपिलवस्तुमा पनि मुस्लिम समुदायले बुधबार धुमधामका साथ बकर इद पर्व मनाउँदैछन् ।
सदरमुकाम तौलिहवा, चन्द्रौटा, कृष्णनगर, पकडी, चाकरचौडालगायतका स्थानमा रहेका इदगाहमा भेला भइ उनीहरुले सामूहिक नमाज पढेर शुभकामना आदान–प्रदान गरिरहेका छन् ।
नमाज पढिसके पछि उनीहरु आ–आफ्नो घर गइ आफ्नो क्षमताअनुसारको कुरवानी अर्थात् बलि दिने गर्दछन् ।
कुरवानीको मासु प्रसादकारुपमा तीन भाग लगाएर पहिलो भाग गरिबहरुका लागि, दोस्रो भाग साथीभाइका लागि र तेस्रो भाग परिवारमा राखेर खाने गरिन्छ ।
कपिलवस्तुका मुस्लिमहरुले हिन्दु तथा अरु धर्मावलम्बीका व्यक्तिलाई आफ्नो घरमा निमन्त्रणा गरी सामूहिकरुपमा सद्भाव र खुसियालीका साथ यो पर्व मनाउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्