Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


बैंकको सावाँ र व्याज तिर्न नसक्ने होटल व्यवसायीको घोषणा


1.7k
Shares

काठमाडौं । होटल व्यवयीहरुले बैंकको सावाँ व्याजको किस्ता तिर्ने समय २ वर्ष थप नगरे होटलहरु बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ ।

होटल संघ नेपालले तत्काल बैंकको सावाँ ब्याज तिर्न नसक्ने घोषणा गरेको हो ।

संघले कोभिडबाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावाँ व्याज पुनः तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ व्याज पुनः तालिकीकरण गर्नुपर्ने संघको माग छ । सरकारले कोभिडको समयमा होटललाई दिएको बैंकको सावाँ, व्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको भन्दै संघले कोभिडको मारको कारण अतिप्रभावित उद्योगका रुपमा हेरेकाले अझै अतिप्रभावित नै रहेकाले व्यवसायीहरुको मागलाई सम्बोधन गर्नुपर्ने जनाएको छ ।

संघले अहिलेको परिस्थितिमा होटलहरुले लिएको सावाँँको किस्ता र त्यसमा वहन गर्नुपर्ने ब्याज तिर्ने जिम्मेवारी रहेपनि तत्कालै तिर्ने अवस्था नरहेको संघको भनाइ छ । यो वर्ष ५ लाख पर्यटक पनि ल्याउन नसकेकाले होटल उद्योग ५० प्रतिशत पनि चल्न नसकेको संघले जनाएको छ ।