
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग संचालन गर्न अस्थायी डाइभर्सन निर्माण गर्न थालिएको छ ।
विदुर नगरपालिका वडा नम्बर १ र १० जोड्ने गेर्खुखोलाको पुल गत आइतबार आएको बाढीले भत्काएको थियो ।
पुल भत्किएपछि यातायात सञ्चालन गर्न समस्या हुँदा खोलामा ह्युमपाइप राखेर वैकल्पिक मार्ग निर्माण गर्न थालिएको हो ।
छिमेकी जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अबरुद्ध गरेकाले दर्जनौं सवारीसाधन रोकिएका छन् ।
पुल भत्किएपछि गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् ।
तीर्थयात्रीहरुले पुल पारीबाट अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् ।
रसुवा जाने साना सवारी साधनहरु भने खोलाबाटै जोखिमपूर्ण रुपमा आवतजावत गरिरहेका छन् ।
मालवाहक तथा यात्रु वाहक ठूला सवारी साधन संचालन गर्न वैकल्पिक मार्गको निर्माण गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्