२८ श्रावण २०८२, बुधबार | Thu Aug 14 2025


महोत्तरीको एक मस्जिदमा मुस्लिम धर्मावलम्बीहरुबीच झडप, १० जना घाइते


0
Shares

महोत्तरी । बकर इद मनाउन भेला भएका मुस्लिम धर्मावलम्बीहरुबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।

नमाज वाचनका लागि मस्जिदमा भेला भएका उनीहरुबीच पण्डितको विषयमा विवाद चर्किएपछि झडप भएको हो ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको हो ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो ।

प्रहरीले भीड तितर–वितर पारेपछि अवस्था नियन्त्रणमा आए पनि विवाद मिलिसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले अहिले दुई पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास भइरहेको जनाएको छ ।