Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


कुनै पनि उम्मेदवार वा दलबारे मत सर्वेक्षण गर्न निर्वाचन आयोगको रोक


52
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि मत सर्वेक्षण गर्न रोक लगाएको छ ।

आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न निर्देशन दिएको हो ।

बुधबार आयोगले मत सर्वेक्षण गरेमा एक लाख रुपैयाँसम्म कारबाही हुने चेतावनी दिएको छ ।

निर्वाचन आचारसंहिताले उमेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था गरेको छ ।