Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


‘रौतहटमा प्रभुको बदमासी, एमाले-जसपा तालमेल हुनेमा आशंका नगर्न आग्रह’


2.7k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले रौतहटमा प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएर व्यक्तिगत बदमासी गरेकाे आराेप लगाउनुभएकाे छ ।

‘रौतहटमा उहाँले व्यक्तिगत बदमासी गरेको देखिन्छ, त्यो एमाले पार्टीको निर्णय होइन,’यादवले भने, ‘अन्त पनि कतै स्वतन्त्र उम्मेदवारी परेका होलान्, तर एमालेले जसपासँग तालमेल गरेका ठाउँमा हाम्रै निर्णय लागू हुन्छ ।’

साथै उहाँले नेकपा एमालेसँगको तालमेल कार्यान्वयन हुनेमा आशंका नगर्न पनि आग्रह गर्नुभएकाे छ।