
सोलुखुम्बु, भदौ ५ । काठमाडौं–फाप्लु सडकखन्डको छुल्यामू सडकखन्डमा सडक भासिदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण सोलु–दूधकुन्ड नगरपालिका वडा नम्बर–६ छुल्यामूमा सडक दुई फिट भासिएको हो ।
सडक किनाराको नालीसहित सडक भासिदा सो सडकमा यातायात ठप्प भएको ट्राफिक प्रहरीपोस्ट सोलुखुम्बुले जनाएको छ ।
साना–सवारीहरुले वैकल्पिक सडककारुपमा छुल्यामूको माथिल्लो सडक प्रयोग गरेका छन् भने बस तथा अरु ठूला साधन पूर्णरुपमा बन्द छन् ।
प्रतिक्रिया दिनुहोस्