२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


ला लिगामा बार्सिलोना विजयी, लेगानेस २–० ले पराजित


0
Shares

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले लेगानेसलाई २–० ले हराएको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सालाई विजयी गराउन अन्सु फाटी र एन्टोइन ग्रिजमनले एक एक गोल गरे ।

जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँगको दुरी पाँच अंक पु¥याएको छ । जितसँग बार्सिलोनाले २९ खेलबाट ६४ अंक बनाएको छ ।

दोस्रो स्थानको रियालको २८ खेलमा ५९ अंक छ । ला लिगाका अन्य खेलहरुमा भियारियालले मयोर्कालाई १–० ले हराउँदा गेटाफे र इस्पानियोलले गोलरहित बराबरी खेलेका छन् । एजेन्सी