Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


कैलालीका १० सहित सुदूरपश्चिममा थप १७ जनामा कोरोना


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, असार २ । सुदूरपश्चिम प्रदेशमा मंगलबार १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

उनकाअनुसार मंगलबार तीन महिला र १४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

कैलालीका १० र कञ्चनपुरका सातजनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३४७ पुगेको छ ।

सोमबार एकैदिन ६८ जनामा कोरोना पुष्टि भएको बताइएपनि दुईजना अछामका संक्रमितको भने दोस्रोपटक परीक्षण गरिएकाले ६६ जनामात्रै नयाँ संक्रमित थिए ।

सुदूरपश्चिममा संक्रमण पुष्टि भएकामध्ये दुईजनाको मृत्यु भइसकेको छ । ५२ जना ‘डिस्चार्ज’ भएका छन् ।