बिराज रोस्यारा (इमेज)
कैलाली, असार २ । सुदूरपश्चिम प्रदेशमा ‘थ्रोट’ स्वाब राख्ने भाँडो अर्थात् ‘भीटीएम’ नहुँदा स्वाब संकलनको कार्य फेरि रोकिएको छ ।
थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भीटीएम) नभएपछि कोरोना परीक्षणका लागि आवश्यक स्वाब संकलन पूर्णरुपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।
सामाजिक विकास मन्त्रालयअन्तर्गत्को स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भीटीएमको मौज्दात सकिएको उनले बताए ।
डा. अवस्थीले भीटीएम सकिएपछि अहिले पूर्णरुपमा स्वाब संकलनको कार्य पनि रोकिएको जानकारी दिए ।
उनले भीटीएम संघीय सरकारले खरिद गर्ने भएकाले पठाइदिन अनुरोध गरेको बताए ।
भीटीएम सकिएपछि शंकास्पद र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुकोसमेत स्वाब संकलन हुनसकेको छैन ।
स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब संकलन गरिएको भन्दै पाँच दिनका लागि स्वाब संकलन रोकेको थियो ।
स्वाब संकलन सुरु भएको एक सातामै फेरि भीटीएम सकिएपछि स्वाब संकलन बन्द गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्