३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


स्वास्थ्य सेवा अध्यादेश जारी


377
Shares

काठमाडाैँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश स्वास्थ्य सेवा अध्यादेश जारी गर्नुभएको छ ।

बागमती प्रदेश सरकारको सिफारिसमा आज प्रदेश प्रमुख शर्माले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको हो । प्रदेश मन्त्रिपरिषद्को भदौ २७ गतेको बैठकले अध्यादेश सिफारिस गरेको थियो ।

प्रदेश प्रमुख शर्माले आज नेपालको संविधानको धारा २०२ को उपधारा (१) बमोजिम जारी गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँले जानकारी दिनुभयो ।

अध्यादेशले प्रदेशभित्रको स्वास्थ्य तथा जनसंख्या सेवा सम्बन्धी कामकारवाहीलाई प्रभावकारी नियमन गर्न तथा नीतिगत निर्देशनका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्वास्थ्य तथा जनसंख्या समिति गठन हुने व्यवस्था गरेको छ ।

त्यस्तै, अध्यादेशले प्रदेश सरकार मातहतका अस्पताल र आयुर्वेद स्वास्थ्य केन्द्रका लागि छुट्टाछुट्टै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन हुने व्यवस्था गरेको छ ।