Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


डोटीमा मिनिट्रक दुर्घटना, दुईजनाको मृत्यु


0
Shares

डोटी, असार १ । जिल्लाको बडिकेदार गाउँपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार गाउँपालि–३ सुनालेकमा से१ख १२६२ नम्बरको मिनिट्रक दुर्घटना हुँदा ४० वर्षीय डबल पुनमगर र उनका १३ वर्षीय छोरा धीरज पुनमगरको मृत्यु भएको हो ।

मृतक बुबा, छोराको भएको खुलेको प्रहरीले जनाएको छ । मिनिट्रक चालक श्यामलाल चौधरी भने फरार रहेको र उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिपिनगरले जनाएको छ ।

घागलबाट धनगढी जाँदै गरेको सो मिनिट्रक सोमबार साँझ सुनालेक नजिक दुर्घटना भएको हो ।

पानी परेर बाटो चिप्लो भएका कारण गाडी दुर्घटना भएको हुनसक्ने तथा ट्रक सडकबाट कम्तीमा पनि १०० मिटर तल खानेलामा खसेको इलाका प्रहरी कार्यालय बिपिनगरका प्रमुख लालबहादुर ऐरले जानकारी दिए । रासस