Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


संखुवासभामा ३५ बर्षिय पुरुषको मृत्यु, स्वास्थ्य केन्द्र शिल


0
Shares

संखुवासभा, असार १ । संखुवासभाको चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सोमबार एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य केन्द्र शिल गरिएको छ ।

चैनपुर २ मामाघर बस्दै आएका ३५ वर्षिय मृतक पुरुषमा कोरोना सक्रमणको आशंका गरिएपछि स्वास्थ्य केन्द्र चैनपुर सिल गरिएको हो ।

प्राथामिक स्वास्थ्य केन्द्र चैनपुरका प्रमुख डा. बिनोद बेकोजुद्धारा सोमबार हस्ताक्षरित विज्ञप्तीमा स्वास्थ्य केन्द्रमा उपचारका क्रममा सोमबार विहान भर्ना भएका ३५ बर्षिय पुरुषको मृत्यू भएपछि उनको पिसिआर रिपोर्ट नआए सम्म दैनिक स्वास्थ्य सेवा लगायत स्वास्थ्य केन्द्र आस पास शिल गरिएको जनाईएको छ ।

मृतक पुरुषमा ज्वरो र स्वास प्रश्वासमा समस्या देखिएकोले कोरोना सक्रमणको लक्षण आसंका गरिएको छ ।

उनको नमुना स्वाब संकलन गरि परिक्षणकालागी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय संखुवासभाले जनाएको छ ।