
काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन युएफा नेशन्स लिग फुटबलको फाइनल चरणमा प्रवेश गरेको छ ।
पोर्चुगलको ब्रागामा मंगलबार राति भएको खेलमा स्पेनले पोर्चुगललाई १–० ले हराउँदै फाइनल चरणमा प्रवेश गरेको हो ।
पोर्चुगल विरुद्धको कठिन खेलमा स्पेनलाई विजयी गराउन अल्भारो मोराटाले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै स्पेनले समुहका ६ खेलबाट ११ अंक जोड्दा १० अंक जोडेको पोर्चुगल दोस्रो तथा ९ अंक जोडेको स्जिट्जरल्याण्ड तेस्रो भयो । ४ अंकसहित चौथो स्थानमा रहेको चेक रिपब्लिक भने लिग ‘ए’ बाट रेलिगेशनमा परेको छ ।
स्पेनले अब अर्को वर्ष जुन महिनामा हुने युएफा नेशन्स लिगको फाइनल चरणमा इटाली, क्रोएसिया र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्