
चितवन । चितवनको भरतपुर महानगरपालिकामा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–११ बाइपास रोडमा गएराति ना ६ ख १८४८ नं. को ट्रकले ठक्कर दिँदा दुई पुरुषको मृत्यु भएको हो । उनीहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
वीरगन्जबाट इँटा बोकेर काठमाडौं आउँदै गरेको ट्रकले पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठेलामा पानी तान्ने पम्प राखेर सडकमा हिंडिरहेका बेला उनीहरुलाई ट्रकले ठक्कर दिएको थियो ।
यस्तै तनहुँको आँबुखैरेनीबाट नारायणगढतर्फ आउँदै गरेको रा १ ख १५७३ नं को ट्रक आज बिहान त्रिशूली नदीमा खसेको छ ।
भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा ट्रक सडकबाट त्रिशूली नदीमा खसेको हो ।
घाइते चालक र सहचालकलाई उपचारका लागि भरतपुर पु¥यइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्