Logo २६ मंसिर २०८२, शुक्रबार | Sat Dec 13 2025


गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि


0
Shares

पोखरा । तनहुँको घिरिङ गाउँपालिकाका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

घिरिङ गाउँपालिका कै क्वारेन्टिनमा बसेका पाँच जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरु सबैलाई शुक्लागण्डकी नगरपालिकको जिपी कोइराला स्वासप्रश्वास केन्द्रमा ल्याइएको प्रदेश निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । 

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय ४ पुगेको छ । प्रदेशका ९ जिल्लामा कोरोना संक्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ ।