Logo ७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026


मनास्लुकाे हिमपहिरोमा परी एक जनाको मृत्यु, मौसम खराब हुँदा उद्धारमा कठिनाइ


273
Shares

गोरखा । मनास्लु हिमालमा परेको हिमपहिरोमा परी एक जनाको मृत्यु भएको छ।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परी अनुप राईको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयाे।

उहाँका अनुसार राई हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका थिए । करिव १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार हिम पहिरोमा परी ज्यान गुमाएका र अन्य फसेकाहरुको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको भए पनि मौसम खराबीका कारण उनीहरुको उद्धार हुन नसकेको जनाएको छ ।