३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


चीनको छेचिङ प्रान्तमा ग्यासको ट्यांकर बिस्फोट, १८ जनाको मृत्यु


0
Shares

काठमाडौं, जेठ ३२ । चीनको छेचिङ प्रान्तको एउटा राजमार्गमा ग्यास बोकेको ट्यांकर विस्फोट हुँदा १८ जनाको मृत्यु भएको छ ।

घटनामा परी १ सय ८९ जना घाइते भएको अधिकारीहरुले जनाएका छ ।

ट्यांकर र ट्रक ठोक्किएर घटना भएको हो । संघाईको शन्याङ—हाइकोउ राजमार्गमा दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले दिएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । (एजेन्सी)